Showing posts with label gazal. Show all posts
Showing posts with label gazal. Show all posts

8/21/2021

फ्याकिदियो ....

मायाले दिएको हो मन, सम्झियौ सामान फ्याँकिदियो
गलत थियौ दिएँ सुझाव, भैदियो अपमान फ्याँकिदियो ।

तिमीलाई बनाउन यहाँसम्म पुराउन मैले म बिर्सिएँ
तिमीले भन्यौ त रहेछस् बेइमान फ्याँकिदियो ।

एउटा सुन्दर सपना थियो, रहरहरुले भरिएको
कसको नजर लाग्यो भैदियो अफगानिस्थान फ्याँकिदियो ।

भाषणमा समाज जोड्छु भन्नुभो, मैले पहिला मन जोडौ भने
चुनावको रणनिति पो रहेछ, धत् बनायो हनुमान फ्याँकिदियो ।

जे जस्तो थियो देश थियो, आफ्नो भन्नु केही त थियो
आयो मनलाग्दी गर्यो च्यात्यो संविधान फ्याँकिदियो ।

मान्छे जस्तो बैगुनी, स्वार्थी अरु कोहि हुँदैन रहेछ
पाएपछि प्रियाको काख, भन्दो हो सिरान फ्याँकिदियो ।

 

०८/२१/२०२१ 
पार्कभिल, मेरिल्याण्ड


 

4/01/2020

मुटुमा बस्नेहरुलेनै हो

मुटुमा बस्नेहरुलेनै हो मेरो मुटु दुखाएको
आशु झारेर आँखाहरुले छन चित्त बुजाएको ।

अब आदतनै भैसकेछ यो जियानलाई पनि 
पानीले पेट भरेर मस्तसंग छ उ निदाएको । 

सधै हासीरहनु पनि एउटा कला हुदो रहेछ
छनत उसलाई पनि छ ज़िन्दगीले रुवाएको ।
 
आज गोजी भरी पैसा छ तर मन खुसी छैन
एउटा बचपन थियो गुच्चाले गोजी भरीदा रमाएको ।
 
दुई चार साथी-भाई , दुई हात नमस्कार र मिठो सम्झना 
केनै छ'र मरी  लियर जाने जिन्दगीमा कमाएको ?
 
मुटुमा बस्नेहरुलेनै हो मेरो मुटु दुखाएको
आशु झारेर आँखाहरुले छन चित्त बुजाएको ।

 

9/13/2017

मैले खेलेको आँगनमा


मैले खेलेको आँगनमा पानी पस्यो  भयानक  बनेर 
दुर दराजमा कसरी सक्छु म बस्न दर्शक  बनेर ?

निदायको छस् सरकार केहि देख्दैनस् मलाई थाहा छ 
र पनि झक झकाई रहन्छु तलाई  म लेखक  बनेर 


आओ दुरीले दुर भएका नेपाली मनहरु हो आओ  
म जोड़ी दिन्छु तिमीहरु सबैलाई सड़क  बनेर 

एस्तो एकनासे जिन्दगी हर कोहि बाचेर जानछन  
म मरे पछि पनि समझिन चाहान्छु पृथक  बनेर  

झुकेन झुक्दैन मेरो यो शिर कहिलै कसैको  सामु  
झुक्छ त केबल बा-आमा आगि नतमस्तक बनेर

मैले खेलेको आँगनमा पानी पस्यो  भयानक  बनेर 
दुर दराजमा कसरी सक्छु म बस्न दर्शक  बनेर ? 

                                 ****
..दुर यो देशमा बसेर आफ्नो देशमा गएको बॉडीको समझनामा
मिति : सेप्टेम्बर ३ २०१७
माउन्ट एभरेस्ट रेस्टुरेंटमा
कार्यक्रम: "बाड़ी पीड़ित सहयोग साँझ" 
















9/04/2017

जिन्दगीनै जब ..

जिन्दगीनै जब दिग्दार लाग्छ
अनि सबै कुरा बेकार लाग्छ

भारीको बोझ कहिलै कम नहुने
भरियाझै मलाई मेरो निधार लाग्छ

8/28/2017

जिन्दगीले पनि किन

जिन्दगीले पनि किन येति सारो सताउछ    
भिजी रहे आँखाहरु, ओठ सधै मुस्कुराउँछ
 
जानि सक्यो यो  मनले तिमि मेरी हैनौ भन्ने    
तर पनि समझीदैमा किन होला रमाउछ    

6/06/2017

खाली छ पेट...

खाली छ पेट, भोक बोल्छ 
दिवाना मन, प्रेम रोग बोल्छ  

मौन छन ओठ प्रियाका सधै     
नजर त्यो, सबथोक बोल्छ        

1/11/2017

सुनिनु पर्छ...

सुनिनु पर्छ , हाम्रो आवाज सुनिनु पर्छ 
सुनाऊनलाई अलिक चर्को बोलिनु पर्छ  

यो संसार बदलछु भननेहरुले  बुझ 
पहिला तिमीहरुनै खुद फ़ेरिनु पर्छ

7/09/2016

यी आवाज जब

यी आवाज जब बिलाएर जान्छ अनि के हुन्छ
दोबाटो सम्बन्ध मिलाएर जान्छ अनि के हुन्छ

उधृ रयो एक कुनाबाट फाटि रयो झन झन 
सम्झनाहरु मन सिलाएर जान्छ अनि के हुन्छ

लिलामीमा छ देश..

लिलामीमा छ देश ,कर्णाली  बेचिदैछ
कीत्ता- कित्तामा घर, आँगन,आली  बेचिदैछ।

5/20/2016

आँखाबाट ...


आँखाबाट झरछन् आशु पानी  बनेर
यसरीनै सकिन्छ जिन्दगी,खरानी  बनेर

यो दिलबाट बर्षौ अगि हटि सक्यौ तिमी
तर यादहरु आउछन्  सधै हैरानी बनेर

5/04/2016

कहिले आँशु कहिले हाँसो बनेर

कहिले आँशु कहिले हाँसो बनेर
जिन्दगी बिती रहेछ गुनासो बनेर

बेमतलब हामी हाम्रै संसारमा रमाउदा
दुनियाँ किन खोजी रहन्छ  चासो बनेर ?

4/12/2016

नयाँ साल


बास्तबिक नयाँ  साल कहिले आउछ ?
आवाज लियर हाम्रो  मसाल कहिले आउछ ?

अनुतरित प्रश्नहरु धेरै छन यहाँ
उत्तर लियर सबाल कहिले आउछ ?

4/09/2016

मान्छेहरु मरेर....

मान्छेहरु  मरेर, कहाँ  जानछन होला ?
ताराहरु झरेर , कहाँ  जानछन होला ?

उ सोची रहेछ बसेर किनारामा
यात्री  नदी तरेर, कहाँ  जानछन होला ?

1/30/2016

आजकाल सुन्दर अनुहारहरु...

आजकाल  सुन्दर अनुहार देखि डर  लाग्छ
जसरी तिमीलाई मेरा कुरा जहर  लाग्छ

कस्तो मोडमा  लियर आउछ समन्धले,
सधै तिम्रै इच्छयाहरु  पुराउने  कर  लाग्छ

5/26/2015

हेर्नुछ...


हेर्नुछ हाम्रो यो माया  कहाँ  सम्म पुग्नेछ ?
आफ्नै यो छाया  कहाँ सम्म  पुग्नेछ ?

म त यात्री हु सपनाको खोजीमा हिडेको

9/29/2014

रातभरी ..

समझनाले बिथोलछन्  र बिउझाउछन्  रातभरी
आँशु बनि आखाहरुले  भिझाउछन्  रातभरी

तिमलाई हेछु तस्बीरमा आकाशमा जुनलाई
तेही जुन तारा मिली गिजाउछन् रातभरी

तेसैले यो देशमा...

तेसैले यो देशमा केही हुदैन
कर्णाली डुब्दा काठमांडू रुदैन

बाबुले न्यायको निम्ति जिन्दगी सुम्पियो
शिहदरबारका छोराहरुलाई तेस्ले छुदैन

7/21/2014

ग़ज़ल : मायाको मुहान ..

मायाको त्यो मुहान सुकेपछि बुझनेछौ
मेरो जस्तै तिम्रो मन दुखेपछि बुझनेछौ

मरेर रित्तै  हात फर्किन्छन्  सबै यहाँ
जिन्दगीको हिसाबमा चुकेपछि बुझनेछौ

6/26/2014

म आँफै हारेको

म आफैसँग हारेको कथा लेख्दैछु
खुशी अस्थाएको बेथा लेख्दैछु

मिलनका शब्दहरु  छैनन मसँग
बिछोडिएको मनकों अबस्था लेख्दैछु

6/18/2014

तिमले जस्तै माया गर्ने ..

तिमले जस्तै माया गर्ने, मेरो पनि रहर छ
सँगै जिउने अनि मर्ने, मेरो पनि रहर  छ 

टुकक्रिएर  बाचेको छु ,तिमी बिना एक्लो यहाँ 
हात समाई बेसी झर्ने, मेरो पनि रहर छ