12/29/2023

आजको ताजा खबर- बालकुमारीमा...

मेरा दाजु-भाइहरुले जिन्दगी बुझाएँ
बा-आमाहरुले आशु सुकाएँ
भनेनन् भाउजुहरुले "जिन्दगिको भरोसा"
खोजेनन् सिउदोको मुल्य
तिमीनै त हौ माईति मेरो भविष्यको
सप्तरंगी टिका मेरो तिहारको
भनेनन् दिदिबहिनीहरुले !
आलै रगत छादिरहयो हरदिन हररात हरुले
देशले आईयाSS पनि गरेन
लासै लासको थुप्रोमा टेकेर
प्रचण्ड नाराहरु घनिभूत भैरहयो
....यौटा सुनौलो बिहानीको निम्ति
...लय पकड़ियर तरंगीत हुने स्वर्णिम जिन्दगीको निम्ति
....अन्धकारमा पनि धपक बल्न सक्ने जुनेली रातको निम्ति


तर फर्कियर हेर्दा देख्छु
फगत सुकेका आशु र आखाहरु
भरोसा हरायका  जिन्दगीहरु
मुल्य खोज्दा खोज्दै , मुल्यहिन भयका अनुहारहरु
भोलिको लोभामा आजै रितियका दिनहरु
सोच्दछु लामो सुस्केरा संगै
.... मेरा हजुरबाहरु एसरिनै सकिएँ
...बाहरु एसरिनै सकिएँ
... र हामी पनि एकदिन एसरिनै सकिने छौ

.
.
.

आजको ताजा खबर !!
'बालकुमारीमा २३ वर्षाको केटो बोकेर सुनौलो सपनाको भारी निदायो कहिललै नउठने गरी '

No comments:

Post a Comment