12/22/2013

मेरा लागि दशैं

निधार भरि टिका नलाएको  कति साल भयो
मेरा लागि दशैं नआएको कति साल भयो

तिम्रो सम्झनामा ...

हीउझै जमेको मेरो मनबाट
तिम्रा बरगेल्ती सम्झनाहरु
पग्लियर झरछन दुई थोपा
तप्प आँखाबाट!

10/07/2013

एकादेशको यौटा सफल प्रेम कहानी

शान्त तलाउझैं म, सोचिरहँदा
विस्मृति बिनाका तिम्रा स्मृतिहरू 
मेरा मानसपटलमा यसरी ठोकी दिन्छन्
तरंगित हुन्छु म,
अनि मेरो मन मेरो धड्कनलाई सोध्दछ 
आफु हार्दा जित्नुको अनुभव
एकबाट दुइ हुनुको मज्जा !!

5/05/2013

बा भन्नु हुन्थ्यो ..


एस्तो एउटा पल आउने छ
हाम्रो जीवनमा हलचल आउनेछ

बा भन्नु हुन्थ्यो धेरै पहिले
देश बदलन बहुदल आउने छ

4/29/2013

भानु बर्ष २०१३- कबिता - कबि र बिध्रोह


     अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका मेरिल्याण्ड च्याप्टको निम्तोमा लगभग ६ बर्स्ष पछि एउटा प्लेटफार्म मिल्यो आफ्नो कबिता प्रस्तुत गर्ने। भानु बर्ष २०१३ (भानु भक्त को १९९ बर्ष) को रुपमा तथा डायस्पोरामा रहेका हामी नेपालीहरुले आफ्नो नेपाली भाषालाई यो बिदेशी भूमिमा कसरी आफ्ना बाबु नानीहरु लाई सिकाउन सक्छौ, किन हाम्रो भाषा प्रति हाम्रो माया हुनु पर्छ र यसको निम्ति हामीहरु बाटनै  पहल हुनु पर्ने बिचार कार्यक्रमका आयोजक सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका- मेरिल्याण्ड च्याप्टरका सभापति तीर्थराज पाण्डेयले अघि सारनु भयको थियो।

4/15/2013

कबिता : हिजो, आज अनि तिमी...

म हिजो सम्म,
एउटा साधारण बेक्ती भएर
तिमी भन्दा पर बाट
साधारण यात्री भएर
तिम्रा हिडाइका कुरा गर्दथ्य 
तिम्रा हँसाईमा
अनेकन अर्थ लगाउदै

4/08/2013

TED: Mark Shaw

                                        
On graduating from college, Mark Shaw saw a news broadcast on a toxic waste clean-up called Love Canal. The footage showed leaking steel drums of toxic waste being lowered into larger steel drums. It was then he was inspired to “save the world from toxic waste” and build a drum that would never leak. At 23, an economics major working out of a rented storage locker, he developed his first patent, an over pack container with resistance wiring built into the lid that would automatically heat-weld the lid to the container with the push of a button. He dubbed it “Macro encapsulation” and today, it is not only an EPA-approved treatment for hazardous waste but is also used extensively at the U.S. Department of Energy National Labs for shipping and treating mixed radioactive waste that is both chemically and radioactively hazardous. Many of his inventions and products have become the market standard worldwide.

4/07/2013

बाबु आमा र छोरा- बि.पी कोइराला

आज देखि म बि.पी कोइरालाको अर्को प्रसिद उपन्यास " बाबु आमा र छोरा" लाई audio को रूपमा प्रस्तुत गर्दै छु। मनोबिस्लेय्स्नात्मक शाहित्यको लागी परिचित बि .पी कोइरालाले एस पुस्तकमा पनी येस्तै बिषयहरुलाई छोएका  छन । उज्जयालो ९o nework को श्रुतिसम्बेग कार्यक्रम बाट प्रस्तुत
एस पुस्तकलाई अच्युत घिमिरेले बाचन गर्नु भयको छ।

नेपाली साहित्यमा मलाई मन पर्ने मध्यको एक नाम हो बि.पी कोइराला। एस पेजमा अबका दिन देखि मैले पढ़ेका, सुनेका र  मलाई मन पर्ने लेखकका पुस्तकहरुको सके सम्म ऑडियोको रूपमा नत्र पढन मिल्ने गरी पुस्तकनै राखने प्रयाश गर्ने छु। एसका सथै अरु बिभिन्न लेख, कथा, उपन्यास, पुस्तकहरु, video, नेपाली कार्यक्रमहरु, गीत ग़ज़लहरु समेटने प्रयाश गर्दै जाने छु।

4/01/2013

कबिता: हारेको सम्बन्ध


म,
विश्वासको डोरीले बाँधिएर
गुलाबी सपनाहरुको आकाशमा
तिम्रा लागि जूनझैं मुस्कुराउने
कति रातहरुको निद्रा बुनेर
आएको थिएँ
तिम्रो नामको सिन्दुरले सिंगारिएर ।

3/25/2013

महाभारत


कौरव र पांडवहरु बीचको महा युधको बर्णन हो महाभारत कथा। ३१३९ बी  सी  को घटना जसमा पाण्डवहरुले कौरवहरुलाई हरायर हस्तिनापुर लाई  ३६ बर्ष ८ महिना सम्म शासन गर्दछन। उनीहरुको शासनको अन्त्य संगै कलियुगको सुरुवात ३१०२ बी सी बाट भयको बिस्वाश गरिन्छ।

कबिता: तिमि अनि म

म, जब जीवनलाई
आफ्नै तरिकाबाट बोलि रहेको हुन्छु 
तिमि, मेरा  बोलिहरुमा
कति अर्थ बनेर
मेरा आखाका सपनाहरुमा
कति सुन्दरता भरेर
मलाई, आफु भित्र कता कता

3/24/2013

कबिता: अधूरो प्रेम

तिमी भन मात्र,
म तिम्रो मनको आकाशमा
दिन-रात जुन जस्तै चहकिन सक्छु 
थोरै  हास्छु तिम्रो समझनामा
अनि  धेरै बहकिन सक्छु ।

3/21/2013

लेख: बाना भित्र को ड्रामा

बाल्टिमोरमा भलै मौसम चिसो होला तर नजिकीदै गयको  बानाको चुनाब र फाटीदै गयको नेपाली समाजको एकता अनि मिल्नु पर्छ भनेर पनि मिल्न नखोज्ने नेपाली बानिले  भने मलाई केही नलेखी  बस्न दिएन । हुन त बाना भित्रका सबै नायक र खलनायकहरुलाई म चिन्दा पानी चिन्दिन र जहा सम्म समाज बिकाशको कुरो छ, यो ६ बर्षको बाल्टिमोर बसाईमा मैले बानाले के गर्न सक्यो एस नेपाली समाजलाई  भनेर प्रस्न गर्द आफ्नै  उतरमा म आफैले पनि  खासै चित्त बुझाउन सकिन।

2/24/2013

कविता: अन्त्य


अब साथ यति नै भो’ अनि
न्यानो तिम्रो हात चिसो भएसी                                                  
खुलेका तिम्रा ती आँखाहरु
बन्द भएर कहिले नखुलेसी।

2/03/2013

कबिता: दोमन (अडियो)


बिशेष धन्यवादका शब्दहरुसंगै कबिता बाचक दिपक दाईको आवाजमा मेरो अर्को कबिता "दोमन" प्रस्तुत गर्दै छु। अडियोमा सुन्नलाई तलको अडियो लिंकमा क्लिक गर्नु होल।

1/25/2013

कविता: मन (अडियो)


अलि कति सोख अनि धेरै रहरसंगै यो मेरो ब्लगको जन्म भयको थियो। आफ्ना नजिकका साथी-भाई र दाजुहरुको  "वहा !! वहा !!सहि छ कविता तिम्रो..... " बाट हौसिएर , अनि आफ्नो पनि अलि अलि लेखने बानि भयको हुदा ब्लगको मध्यमबाट केहि आफ्ना नया र पुराना कविताहरु राख्दै आईरहेको थिय। अनि एसतै तरिकाबाट भयपनी आफ्ना लेखहरु संग्रहीत गरौ भन्य विचार बिस्तारै म भित्र आउदै गयो र जानी नजानी त्यो काम पनि गर्दैछु।

1/22/2013

बीपी कोइराला : आत्मवृत्तान्त (ऑडियो पुस्तक)

बीपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक र्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।

1/14/2013

कबिता: दोमन


दोमनको किनारमा
पोखरीझै जमेका हामी
शान्त तर भित्र आन्दोलित
अनगिन्ती रहरहरुलाई कोर्दै
खाली कन्भास रङगाउदै
रंगिन रहरहरुको शहबासमा

1/09/2013

कबिता: मन


मन ,
समन्धको उज्यालोमा
विश्वासका किरणहरुसंग 
हरदिन बाच्दै रहरहरु 
कोर्दछ  इछ्यका डोरीहरुमा
बादियर  सोप्निल  गगनबाट  
सोत्रन्त्र छलांग मार्दछ