2/24/2013

कविता: अन्त्य


अब साथ यति नै भो’ अनि
न्यानो तिम्रो हात चिसो भएसी                                                  
खुलेका तिम्रा ती आँखाहरु
बन्द भएर कहिले नखुलेसी।

   
अब साथ यति नै भो अनि
मैले बोलाउँदा तिमीले नबोलेसी
वरिपरी हल्लाहरु हुँदा नि
चुपचाप तिमी सुति रहेपछि।

अब साथ यति नै भो अनि
नयन मेरा आँसुले भरेपछि
हेरी बसें तिमीलाई एकतमासले
तिमीले म भएको आभास नपाएसी।

अब साथ यतिनै भो’अनि
जब तिमी अर्कै बाटो लागेपछि
थाहा नै नभएको गन्तब्य तिर
एक्लै मलाई छोडी गएसी।

अब साथ यति नै भो’ अनि
जब तिमी बाँकी यादमा भएसी
तिमीसंगै भएको आभासहरु
तर वारीपरी कतै हुँदै नभएसी।

- दीपक कक्षपति

No comments:

Post a Comment