5/09/2014

भरियको छु म

भरियको छु म मनभरी
नछलछकाउ, पोखिन सक्छु
अन्धकार कती मिठो छ
नसल्काउ, म जल्न सक्छु ।

5/04/2014

यहाँ सोचे जस्तो...

यहाँ  सोचे जस्तो, जीवन कहाँ छ ?
मेरो जस्तो तिम्रो, मन कहाँ छ ?

फक्रिएर  फूल पनि, झरी जान्छ एकदिन
सधै रहिरहने तेस्तो, यौवन कहाँ छ ?

कबिता: आमा

समयको औला समाई डोरिदै
हासी खुसि तिम्रो मायामा गोडीदै
म तिम्रो काखमा  हरदम रमे
तिम्रो ममताको ओतमा पलपल भुले

छरीयको अछेर म शब्द बने
तिम्रो  समर्पणले एक अर्थ भए
त्यो तिम्रो नाय्नो प्रेमको बागमा
म सधै फले, फुले, बसन्त भए