5/04/2014

कबिता: आमा

समयको औला समाई डोरिदै
हासी खुसि तिम्रो मायामा गोडीदै
म तिम्रो काखमा  हरदम रमे
तिम्रो ममताको ओतमा पलपल भुले

छरीयको अछेर म शब्द बने
तिम्रो  समर्पणले एक अर्थ भए
त्यो तिम्रो नाय्नो प्रेमको बागमा
म सधै फले, फुले, बसन्त भए

मेरो हर सफलताको खुसिहरुमा
मसंग रमाउने मेरो मन हौ तिमी
दु:ख पिडामा रातभर छटपटी रहदा
टोलाउने तिमीनै मेरा नयन पनि

म आदी, म बेकार हु तिमी बिना
म केहि हैन आमा तिमी बिना
फगत, तिम्रै रगत र मासुको डल्लो म
म हु एउटा  टुक्रा, आमा  तिमी  बिना !

     - आमाहरु प्रति समर्पित 

No comments:

Post a Comment