2/10/2016

बाबु, आमा र छोरा - बिश्वेश्वरप्रसाद कोइराला


बिपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक अर्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।