9/13/2017

मैले खेलेको आँगनमा


मैले खेलेको आँगनमा पानी पस्यो  भयानक  बनेर 
दुर दराजमा कसरी सक्छु म बस्न दर्शक  बनेर ?

निदायको छस् सरकार केहि देख्दैनस् मलाई थाहा छ 
र पनि झक झकाई रहन्छु तलाई  म लेखक  बनेर 


आओ दुरीले दुर भएका नेपाली मनहरु हो आओ  
म जोड़ी दिन्छु तिमीहरु सबैलाई सड़क  बनेर 

एस्तो एकनासे जिन्दगी हर कोहि बाचेर जानछन  
म मरे पछि पनि समझिन चाहान्छु पृथक  बनेर  

झुकेन झुक्दैन मेरो यो शिर कहिलै कसैको  सामु  
झुक्छ त केबल बा-आमा आगि नतमस्तक बनेर

मैले खेलेको आँगनमा पानी पस्यो  भयानक  बनेर 
दुर दराजमा कसरी सक्छु म बस्न दर्शक  बनेर ? 

                                 ****
..दुर यो देशमा बसेर आफ्नो देशमा गएको बॉडीको समझनामा
मिति : सेप्टेम्बर ३ २०१७
माउन्ट एभरेस्ट रेस्टुरेंटमा
कार्यक्रम: "बाड़ी पीड़ित सहयोग साँझ" 
















No comments:

Post a Comment