9/04/2017

जिन्दगीनै जब ..

जिन्दगीनै जब दिग्दार लाग्छ
अनि सबै कुरा बेकार लाग्छ

भारीको बोझ कहिलै कम नहुने
भरियाझै मलाई मेरो निधार लाग्छ

जब नाफा र घाटामा हुन्छ हिसाब  
सम्बन्ध पनि एक व्यापार लाग्छ

चुपचाप  मन पराउनु पो माया
भनि दिए सबैलाई प्रचार लाग्छ

घाटी बाट झर्छा दिमाग समाउछ
मलाई रक्शी बहुत चमत्कार लाग्छ

जिन्दगीनै जब दिग्दार  लाग्छ
अनि सबै कुरा बेकार लाग्छ







  

No comments:

Post a Comment