1/25/2013

कविता: मन (अडियो)


अलि कति सोख अनि धेरै रहरसंगै यो मेरो ब्लगको जन्म भयको थियो। आफ्ना नजिकका साथी-भाई र दाजुहरुको  "वहा !! वहा !!सहि छ कविता तिम्रो..... " बाट हौसिएर , अनि आफ्नो पनि अलि अलि लेखने बानि भयको हुदा ब्लगको मध्यमबाट केहि आफ्ना नया र पुराना कविताहरु राख्दै आईरहेको थिय। अनि एसतै तरिकाबाट भयपनी आफ्ना लेखहरु संग्रहीत गरौ भन्य विचार बिस्तारै म भित्र आउदै गयो र जानी नजानी त्यो काम पनि गर्दैछु।

1/22/2013

बीपी कोइराला : आत्मवृत्तान्त (ऑडियो पुस्तक)

बीपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक र्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।

1/14/2013

कबिता: दोमन


दोमनको किनारमा
पोखरीझै जमेका हामी
शान्त तर भित्र आन्दोलित
अनगिन्ती रहरहरुलाई कोर्दै
खाली कन्भास रङगाउदै
रंगिन रहरहरुको शहबासमा

1/09/2013

कबिता: मन


मन ,
समन्धको उज्यालोमा
विश्वासका किरणहरुसंग 
हरदिन बाच्दै रहरहरु 
कोर्दछ  इछ्यका डोरीहरुमा
बादियर  सोप्निल  गगनबाट  
सोत्रन्त्र छलांग मार्दछ