4/01/2020

मुटुमा बस्नेहरुलेनै हो

मुटुमा बस्नेहरुलेनै हो मेरो मुटु दुखाएको
आशु झारेर आँखाहरुले छन चित्त बुजाएको ।

अब आदतनै भैसकेछ यो जियानलाई पनि 
पानीले पेट भरेर मस्तसंग छ उ निदाएको । 

सधै हासीरहनु पनि एउटा कला हुदो रहेछ
छनत उसलाई पनि छ ज़िन्दगीले रुवाएको ।
 
आज गोजी भरी पैसा छ तर मन खुसी छैन
एउटा बचपन थियो गुच्चाले गोजी भरीदा रमाएको ।
 
दुई चार साथी-भाई , दुई हात नमस्कार र मिठो सम्झना 
केनै छ'र मरी  लियर जाने जिन्दगीमा कमाएको ?
 
मुटुमा बस्नेहरुलेनै हो मेरो मुटु दुखाएको
आशु झारेर आँखाहरुले छन चित्त बुजाएको ।