5/09/2014

भरियको छु म

भरियको छु म मनभरी
नछलछकाउ, पोखिन सक्छु
अन्धकार कती मिठो छ
नसल्काउ, म जल्न सक्छु ।

मौनतानै मेरा उत्तरहरु
तिमी प्रश्न प्रहार नगर मलाई
हास्नु मात्र खुशी हो भन्छौ ?
एक पल्ट पर्दा उघारी हेर ।

नरङगाउ रङहरुले
बेरङमै म सप्त रङी देक्छु
नबहकाउ मायामा मलाई तिमि
पिडा आशु र चित्कार सुन्छु ।

उडन देउ धुवासँग केहीबेर मलाई
केहीबेर डुब्न देउ पयालाहरुमा
आइ जिस्काउ बरु सपनीमा तिमि
बिपनीमा त म जुय्दो लास नहु । ।


No comments:

Post a Comment