3/21/2013

लेख: बाना भित्र को ड्रामा

बाल्टिमोरमा भलै मौसम चिसो होला तर नजिकीदै गयको  बानाको चुनाब र फाटीदै गयको नेपाली समाजको एकता अनि मिल्नु पर्छ भनेर पनि मिल्न नखोज्ने नेपाली बानिले  भने मलाई केही नलेखी  बस्न दिएन । हुन त बाना भित्रका सबै नायक र खलनायकहरुलाई म चिन्दा पानी चिन्दिन र जहा सम्म समाज बिकाशको कुरो छ, यो ६ बर्षको बाल्टिमोर बसाईमा मैले बानाले के गर्न सक्यो एस नेपाली समाजलाई  भनेर प्रस्न गर्द आफ्नै  उतरमा म आफैले पनि  खासै चित्त बुझाउन सकिन।
 मेरो बुझाइमा यदि नेपाली समाजलाई बिकाश गर्न र अघि बडाउन केही चाहिन्छ  भन्य तेयों हो सेवाको भावना जुन बाना भित्र धेरै कम छ र मात्र छ त आफ्नो जिद्दी, घमंड अनि आफ्नो अस्तितो र प्रभाबको निम्ति जस्तो सुकै महाभारत रचन खोज्ने सकुनि रूपी पात्रहरुको बिग-बिगी।

हुन त बाना र एस भित्रको भाड़-भैलॊ मेरो निम्ति नजाने गाउको बाटो सोद्नु जस्तो पनि होला तर हरेक २ बर्षमा एक पटक भने मेरो फ़ोनको घन्टी चुनाबको भोटका निम्ति बज्दछन  । आफ्नो देश छोड़ी अमेरिका आउदा हामीसंगै कति सपनाहरु र आशाहरु जोडीयर संसंगै आएका हुन्छन । यो आकाश - पातालझै  फरक लग्ने ठाउमा आयर आफ्नै पडने-लेखने काममा लाग्नु र आफ्नो भविष्य सोच्नु नै प्रमुख कार्य हुन जानछ हामी जस्ताका   निम्ति । तर पनी एता कता समाजको निम्ति केही गरूम भनेर लाग्नेहरुलाई सहयोग गर्नु पनि परछ भनने यो  मनले अब चाई पकका-पककी निर्णय गरी सक्यो की यो बाना भित्र राजनीती भन्दा बड़ी केही छन भनेर । सुमुदायको निम्ति र नेपाली समाजको बिकाशको निम्ति इस्थापना  भयको संस्था त गफै मात्र भा'को छ। नेपालका नेताहरुलाई देश बिगार्यो भन्दै गाली गर्ने हामी , उनिहरुको झै जता-ततै राजनीती घुसाउने र कुरा गर्द चाही समाजको एकता र बिकाशको कुरा गर्ने जुन चलन छ तेस बाट बाना सफां हुनु पर्ने गरूरत छ। यसै पनी बाल्टिमोरका नेपाली बिधार्थीहरु माझमा बाना एउटा "जोक" को रूपमा त छदै थियो तर अहिले बाना भित्र जुन "ड्रामा" भईरहेको छ तेसबाट  पनी यो कुरा नकारन मिल्दैन की  ठुला-ठुला समाज सेवाको कुरा गर्दै एसका पछाडी  मरीहत्य गरेर लागी पर्ने तथाकथित हाम्रा महान समाजसेबीहरु डॉलरको खोला  बगाउदै आफ्नो हातमा बानाको साचो पार्न किन एस्तो तछाड-मछाड गरिन्छ त? यसतो तछाड र मछाडको किन? यसो कुराको नाड़ी छामदा  यो पंतिकारलाई लाग्दै छ "दालमा केही कालो हैन, दालनै  पुरै कालो छ!! " यदी हैन भने , के  आफ्नो अहमलाई मार्दे sandy point beach मा हुने पिकनिकमा तेस्को अस्तु बगाउन सक्दैनन उनिहरु?? कि यो संस्था भित्र को मोह भन्या नै यहाँ भित्रको लगानि भन्दा  मुनाफा धेरै हुनु हो?? जो जो ले जतीनै  समाज,  बिकाश अनी  एकताको कुरा गरेपनी त्यों सब  पानी  भित्रको ओभानो बन्न खोजने  प्रयाश मात्र हो जुन आजको  बानाको भित्रको बस्ताबिक्ता हो ।

सबैले बुझौ बानामा  जब सम्म एस्तो ड्रामा भै'रहनछ तब सम्म यो संस्थाको पछाडी लाग्नु भन्या नेपालको नेताको पछाड़ी झण्डा बोक्ने बिधार्थीहरु हुनु जस्तै हो। उही  के -- झण्डा  बोक्दै पुलिसको डंडा खाने बिधार्थी अनी कुरा मिलाई मिलाई अंडा खाने चाही  नेताहरु।

जय मेरिका , जय  बाल्टिमोर !

1 comment:

  1. I used to be one of the Nepalese student in Baltimore a long time ago. I felt exactly the same way about those people and the organization. No matter where we move from Nepal and how much of education, lifestyle and culture we see; most of the Nepalese stay absolutely the same with same mentality and dirty political games. Somtimes, I just feel so ashamed to tell my friends that I was born and raised in Nepal. Baltimore is the worst, but trust me other places are the same.

    ReplyDelete