3/24/2013

कबिता: अधूरो प्रेम

तिमी भन मात्र,
म तिम्रो मनको आकाशमा
दिन-रात जुन जस्तै चहकिन सक्छु 
थोरै  हास्छु तिम्रो समझनामा
अनि  धेरै बहकिन सक्छु ।
थाहा छ, हुदैन यो मिलन हाम्रो
रहर मेरा बन्ने छन सबै अधुरो
तर बस्ने छु म धरती झै हेरी
म माथिको तिमि : आकाश फराकिलो ।

छुने छु पवन बनी तिमीलाई
अनि बाधने छु आफ्नो अंगालोमा
रंगियर तिम्रा यादका रंगहरुसंग
फक्रिने छु गुलाफ़झै कल्पनामा ।

हास्ने छु केही बेएर आफुसंगै
अनि समालिनेछु भित्र-भित्रै कतै
तिमि मेरो भयनौ त के भोर  ?
म त भए केबल  तिम्रोनै !!








 

1 comment: