3/25/2013

कबिता: तिमि अनि म

म, जब जीवनलाई
आफ्नै तरिकाबाट बोलि रहेको हुन्छु 
तिमि, मेरा  बोलिहरुमा
कति अर्थ बनेर
मेरा आखाका सपनाहरुमा
कति सुन्दरता भरेर
मलाई, आफु भित्र कता कता
लुप्त हुने निमन्त्रण दिन्छौ !

म, जब मेरो दिमागले
संसारलाई समाल्ने प्रयत्नमा
आफै भित्र शयन्त्र बुन्दै हुन्छु
तिमि कता कता
मेरो स्मरण शक्तिमा समायोजित  हुदै
म भित्र येसरी बगी दिन्छौ
म चुप-चाप तिमिमा
तिम्रो माया को जालमा
गाठो पर्दै जेलिन्छु  I

म, जब जीवनको बगाईमा
आफैबाट नियन्त्रनहीन  हुदै
उकाली र ओरालीका यात्रामा
बिती सकेका सम्झना
भोगी रहेको सत्यता

अनीशित भविष्यको कल्पनामा
यौटा गंतब्य बहिन यात्रामा
एकल यात्री भयर
हिडी रहेको हुन्छु
तब: तिमि,
कता कता मेरा बाटोमा
थाहै नपाई मुटुको माझमा
म संगै साथ साथ
हिडी रहेकी हुन्छौ
हासी रहेकी हुन्छौ
म संग मरो साथ
बाची रहेकी हुन्छौ !!!


No comments:

Post a Comment