4/15/2013

कबिता : हिजो, आज अनि तिमी...

म हिजो सम्म,
एउटा साधारण बेक्ती भएर
तिमी भन्दा पर बाट
साधारण यात्री भएर
तिम्रा हिडाइका कुरा गर्दथ्य 
तिम्रा हँसाईमा
अनेकन अर्थ लगाउदै
कहियौ पटक मान्छेका हुलबाट
तिमीलाई जिस्काउने बाहानामा
हात हलाई -हलाई
तिमीलाई आफू तिर बोलाउथ्य।

म हिजो सम्म,
एउटा साधारण केटाले जस्तै
तिमिलाई फूल सम्झीएर
तिम्रा सुन्दरताको कुरा
मन-मनै फुलाउथ्य
र ओइलाउथ्य।

तर आज!
किन तिमी प्रति
मेरा बिचारमा परिबर्तन आएको छ
हेराइमा सरलता छाएको छ
किन किन तिमी मलाई
मेरो कल्पना शक्ति भन्दा बाहिरको
एउटा मिठो सत्य लाग्न थालेको छ।  

1 comment: