7/09/2016

यी आवाज जब

यी आवाज जब बिलाएर जान्छ अनि के हुन्छ
दोबाटो सम्बन्ध मिलाएर जान्छ अनि के हुन्छ

उधृ रयो एक कुनाबाट फाटि रयो झन झन 
सम्झनाहरु मन सिलाएर जान्छ अनि के हुन्छ

अब डुब्दीन म भन्छु यो दुःखको आँशुहरुमा   
तर सांझ नशा पिलाएर जान्छ अनि के हुन्छ  

हुन त मै'पनि सुखको  खोजीमा  हिडी रहेछु 
भाग्य दुःख मात्र दिलाएर जान्छ अनि के हुन्छ 

यी आवाज जब बिलाएर जान्छ अनि के हुन्छ
दोबाटो सम्बन्ध मिलाएर जान्छ अनि के हुन्छ 













No comments:

Post a Comment