1/11/2017

सुनिनु पर्छ...

सुनिनु पर्छ , हाम्रो आवाज सुनिनु पर्छ 
सुनाऊनलाई अलिक चर्को बोलिनु पर्छ  

यो संसार बदलछु भननेहरुले  बुझ 
पहिला तिमीहरुनै खुद फ़ेरिनु पर्छ
के गरीबको घरमा खुसी छिरनलाई
हतकेलामा नया रेखानै लेखिनु पर्छ !

दुर छु तिम्रो समझानाले सताई रहेछ
जुन उदाउन सूर्यंनै किन छेकिनु पर्छ ? 

म भित्र भित्रै दुःखहरुको माहासागर हु
जताउनलाई  के आशुनै बगिनु  पर्छ ? 

सुनिनु पर्छ , हाम्रो आवाज सुनिनु पर्छ 
सुनाऊनैको लागि अलिक चर्को बोलिनु पर्छ 

















No comments:

Post a Comment