6/18/2014

तिमले जस्तै माया गर्ने ..

तिमले जस्तै माया गर्ने, मेरो पनि रहर छ
सँगै जिउने अनि मर्ने, मेरो पनि रहर  छ 

टुकक्रिएर  बाचेको छु ,तिमी बिना एक्लो यहाँ 
हात समाई बेसी झर्ने, मेरो पनि रहर छ
केहि मिठो खोजी रहे, तिमीलाई  पाए आज
तिम्रो दिलमा बसाई सर्ने,मेरो पनि रहर छ

जिन्दगीको लामो यात्रा, तिम्रो साथ रोजेको छु 
मेरो नामको सिन्दुर भर्ने, मेरो पनि रहर छ 

सुख दुःख जेजे होला  ,हाँसी खुसी बीती जाला
यो  प्रेमको सागर तर्ने, मेरो पनि रहर छ 

तिमले जस्तै माया गर्ने, मेरो पनि रहर छ
सँगै जिउने अनि मर्ने, मेरो पनि रहर  छ











No comments:

Post a Comment