6/26/2014

म आँफै हारेको

म आफैसँग हारेको कथा लेख्दैछु
खुशी अस्थाएको बेथा लेख्दैछु

मिलनका शब्दहरु  छैनन मसँग
बिछोडिएको मनकों अबस्था लेख्दैछु
रहर नभएको मान्छे म पनि त होइन
तर जिन्दगीका आफ्नै बिबस्था लेख्दैछु

मेरा खुशी सबै तिमीलाई नाम सारी
इच्छापत्रमा आशु पिडा अथा लेख्दैछु

रितो रित्तो  मेरो यो जिन्दगीमा
सबै गुमायाको जाय जेथा लेख्दैछु

म आफैसँग हारेको कथा लेख्दैछु
खुशी अस्थाएको बेथा लेख्दैछु 

No comments:

Post a Comment