9/29/2014

तेसैले यो देशमा...

तेसैले यो देशमा केही हुदैन
कर्णाली डुब्दा काठमांडू रुदैन

बाबुले न्यायको निम्ति जिन्दगी सुम्पियो
शिहदरबारका छोराहरुलाई तेस्ले छुदैन

7/21/2014

ग़ज़ल : मायाको मुहान ..

मायाको त्यो मुहान सुकेपछि बुझनेछौ
मेरो जस्तै तिम्रो मन दुखेपछि बुझनेछौ

मरेर रित्तै  हात फर्किन्छन्  सबै यहाँ
जिन्दगीको हिसाबमा चुकेपछि बुझनेछौ

6/26/2014

म आँफै हारेको

म आफैसँग हारेको कथा लेख्दैछु
खुशी अस्थाएको बेथा लेख्दैछु

मिलनका शब्दहरु  छैनन मसँग
बिछोडिएको मनकों अबस्था लेख्दैछु

6/18/2014

तिमले जस्तै माया गर्ने ..

तिमले जस्तै माया गर्ने, मेरो पनि रहर छ
सँगै जिउने अनि मर्ने, मेरो पनि रहर  छ 

टुकक्रिएर  बाचेको छु ,तिमी बिना एक्लो यहाँ 
हात समाई बेसी झर्ने, मेरो पनि रहर छ

6/02/2014

दृश्य चित्र हेर्दा

दृश्य चित्र भित्र म
ओलटाई-पल्टाई बीगत हेर्दै छु !
नयनमा पोका पारेका
रंगिन सोपनाहरु बुन्दै छु !

5/09/2014

भरियको छु म

भरियको छु म मनभरी
नछलछकाउ, पोखिन सक्छु
अन्धकार कती मिठो छ
नसल्काउ, म जल्न सक्छु ।

5/04/2014

यहाँ सोचे जस्तो...

यहाँ  सोचे जस्तो, जीवन कहाँ छ ?
मेरो जस्तो तिम्रो, मन कहाँ छ ?

फक्रिएर  फूल पनि, झरी जान्छ एकदिन
सधै रहिरहने तेस्तो, यौवन कहाँ छ ?

कबिता: आमा

समयको औला समाई डोरिदै
हासी खुसि तिम्रो मायामा गोडीदै
म तिम्रो काखमा  हरदम रमे
तिम्रो ममताको ओतमा पलपल भुले

छरीयको अछेर म शब्द बने
तिम्रो  समर्पणले एक अर्थ भए
त्यो तिम्रो नाय्नो प्रेमको बागमा
म सधै फले, फुले, बसन्त भए

4/16/2014

जब साथ हुन्छौ

पूरा हुन्छ कहानी, जब साथ हुन्छौ
भिज्ने छैन सिरानी, जब साथ हुन्छौ

दु:खी रन्छ यो मन, तिम्रै समझनामा
दुःख हुन्छ खरानी, जब साथ  हुन्छौ

3/26/2014

तिमी र म

भूमण्डको दुइ बेग्ला बेग्लै कुनामा बसेर
एउटै सपना देख्ने मान्छे हामी
एउटै रहरहरु बोक्ने मान्छे हामी
तिमीलाई बिहानीको सूर्यले उठाउदा
निस्पट  अन्धकारको सुंन्य समयमा
मेरो धरती माथिको आकाश हेर्दै
टलपल गरि रहने तारालाई सोधछु