1/11/2017

सुनिनु पर्छ...

सुनिनु पर्छ , हाम्रो आवाज सुनिनु पर्छ 
सुनाऊनलाई अलिक चर्को बोलिनु पर्छ  

यो संसार बदलछु भननेहरुले  बुझ 
पहिला तिमीहरुनै खुद फ़ेरिनु पर्छ

7/09/2016

यी आवाज जब

यी आवाज जब बिलाएर जान्छ अनि के हुन्छ
दोबाटो सम्बन्ध मिलाएर जान्छ अनि के हुन्छ

उधृ रयो एक कुनाबाट फाटि रयो झन झन 
सम्झनाहरु मन सिलाएर जान्छ अनि के हुन्छ

लिलामीमा छ देश..

लिलामीमा छ देश ,कर्णाली  बेचिदैछ
कीत्ता- कित्तामा घर, आँगन,आली  बेचिदैछ।

5/20/2016

आँखाबाट ...


आँखाबाट झरछन् आशु पानी  बनेर
यसरीनै सकिन्छ जिन्दगी,खरानी  बनेर

यो दिलबाट बर्षौ अगि हटि सक्यौ तिमी
तर यादहरु आउछन्  सधै हैरानी बनेर

5/04/2016

कहिले आँशु कहिले हाँसो बनेर

कहिले आँशु कहिले हाँसो बनेर
जिन्दगी बिती रहेछ गुनासो बनेर

बेमतलब हामी हाम्रै संसारमा रमाउदा
दुनियाँ किन खोजी रहन्छ  चासो बनेर ?

4/12/2016

नयाँ साल


बास्तबिक नयाँ  साल कहिले आउछ ?
आवाज लियर हाम्रो  मसाल कहिले आउछ ?

अनुतरित प्रश्नहरु धेरै छन यहाँ
उत्तर लियर सबाल कहिले आउछ ?

4/09/2016

मान्छेहरु मरेर....

मान्छेहरु  मरेर, कहाँ  जानछन होला ?
ताराहरु झरेर , कहाँ  जानछन होला ?

उ सोची रहेछ बसेर किनारामा
यात्री  नदी तरेर, कहाँ  जानछन होला ?

2/10/2016

बाबु, आमा र छोरा - बिश्वेश्वरप्रसाद कोइराला


बिपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक अर्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।

1/30/2016

आजकाल सुन्दर अनुहारहरु...

आजकाल  सुन्दर अनुहार देखि डर  लाग्छ
जसरी तिमीलाई मेरा कुरा जहर  लाग्छ

कस्तो मोडमा  लियर आउछ समन्धले,
सधै तिम्रै इच्छयाहरु  पुराउने  कर  लाग्छ

12/20/2015

मुक्तकहरु

मुक्तक : १ 
सक्छौ भने बिन्ती मेरो पत्रको जबाफ नपठाऊ ,

सुत्रहरु लगायर जिन्दगीको हिसाब नपठाऊ, 
को ठीक  को गलत समयले बताउला,