9/04/2017

जिन्दगीनै जब ..

जिन्दगीनै जब दिग्दार लाग्छ
अनि सबै कुरा बेकार लाग्छ

भारीको बोझ कहिलै कम नहुने
भरियाझै मलाई मेरो निधार लाग्छ

8/28/2017

जिन्दगीले पनि किन

जिन्दगीले पनि किन येति सारो सताउछ    
भिजी रहे आँखाहरु, ओठ सधै मुस्कुराउँछ
 
जानि सक्यो यो  मनले तिमि मेरी हैनौ भन्ने    
तर पनि समझीदैमा किन होला रमाउछ    

6/06/2017

खाली छ पेट...

खाली छ पेट, भोक बोल्छ 
दिवाना मन, प्रेम रोग बोल्छ  

मौन छन ओठ प्रियाका सधै     
नजर त्यो, सबथोक बोल्छ        

1/11/2017

सुनिनु पर्छ...

सुनिनु पर्छ , हाम्रो आवाज सुनिनु पर्छ 
सुनाऊनलाई अलिक चर्को बोलिनु पर्छ  

यो संसार बदलछु भननेहरुले  बुझ 
पहिला तिमीहरुनै खुद फ़ेरिनु पर्छ

7/09/2016

यी आवाज जब

यी आवाज जब बिलाएर जान्छ अनि के हुन्छ
दोबाटो सम्बन्ध मिलाएर जान्छ अनि के हुन्छ

उधृ रयो एक कुनाबाट फाटि रयो झन झन 
सम्झनाहरु मन सिलाएर जान्छ अनि के हुन्छ

लिलामीमा छ देश..

लिलामीमा छ देश ,कर्णाली  बेचिदैछ
कीत्ता- कित्तामा घर, आँगन,आली  बेचिदैछ।

5/20/2016

आँखाबाट ...


आँखाबाट झरछन् आशु पानी  बनेर
यसरीनै सकिन्छ जिन्दगी,खरानी  बनेर

यो दिलबाट बर्षौ अगि हटि सक्यौ तिमी
तर यादहरु आउछन्  सधै हैरानी बनेर

5/04/2016

कहिले आँशु कहिले हाँसो बनेर

कहिले आँशु कहिले हाँसो बनेर
जिन्दगी बिती रहेछ गुनासो बनेर

बेमतलब हामी हाम्रै संसारमा रमाउदा
दुनियाँ किन खोजी रहन्छ  चासो बनेर ?

4/12/2016

नयाँ साल


बास्तबिक नयाँ  साल कहिले आउछ ?
आवाज लियर हाम्रो  मसाल कहिले आउछ ?

अनुतरित प्रश्नहरु धेरै छन यहाँ
उत्तर लियर सबाल कहिले आउछ ?

4/09/2016

मान्छेहरु मरेर....

मान्छेहरु  मरेर, कहाँ  जानछन होला ?
ताराहरु झरेर , कहाँ  जानछन होला ?

उ सोची रहेछ बसेर किनारामा
यात्री  नदी तरेर, कहाँ  जानछन होला ?