3/25/2013

कबिता: तिमि अनि म

म, जब जीवनलाई
आफ्नै तरिकाबाट बोलि रहेको हुन्छु 
तिमि, मेरा  बोलिहरुमा
कति अर्थ बनेर
मेरा आखाका सपनाहरुमा
कति सुन्दरता भरेर
मलाई, आफु भित्र कता कता

3/24/2013

कबिता: अधूरो प्रेम

तिमी भन मात्र,
म तिम्रो मनको आकाशमा
दिन-रात जुन जस्तै चहकिन सक्छु 
थोरै  हास्छु तिम्रो समझनामा
अनि  धेरै बहकिन सक्छु ।

3/21/2013

लेख: बाना भित्र को ड्रामा

बाल्टिमोरमा भलै मौसम चिसो होला तर नजिकीदै गयको  बानाको चुनाब र फाटीदै गयको नेपाली समाजको एकता अनि मिल्नु पर्छ भनेर पनि मिल्न नखोज्ने नेपाली बानिले  भने मलाई केही नलेखी  बस्न दिएन । हुन त बाना भित्रका सबै नायक र खलनायकहरुलाई म चिन्दा पानी चिन्दिन र जहा सम्म समाज बिकाशको कुरो छ, यो ६ बर्षको बाल्टिमोर बसाईमा मैले बानाले के गर्न सक्यो एस नेपाली समाजलाई  भनेर प्रस्न गर्द आफ्नै  उतरमा म आफैले पनि  खासै चित्त बुझाउन सकिन।

2/24/2013

कविता: अन्त्य


अब साथ यति नै भो’ अनि
न्यानो तिम्रो हात चिसो भएसी                                                  
खुलेका तिम्रा ती आँखाहरु
बन्द भएर कहिले नखुलेसी।

2/03/2013

कबिता: दोमन (अडियो)


बिशेष धन्यवादका शब्दहरुसंगै कबिता बाचक दिपक दाईको आवाजमा मेरो अर्को कबिता "दोमन" प्रस्तुत गर्दै छु। अडियोमा सुन्नलाई तलको अडियो लिंकमा क्लिक गर्नु होल।

1/25/2013

कविता: मन (अडियो)


अलि कति सोख अनि धेरै रहरसंगै यो मेरो ब्लगको जन्म भयको थियो। आफ्ना नजिकका साथी-भाई र दाजुहरुको  "वहा !! वहा !!सहि छ कविता तिम्रो..... " बाट हौसिएर , अनि आफ्नो पनि अलि अलि लेखने बानि भयको हुदा ब्लगको मध्यमबाट केहि आफ्ना नया र पुराना कविताहरु राख्दै आईरहेको थिय। अनि एसतै तरिकाबाट भयपनी आफ्ना लेखहरु संग्रहीत गरौ भन्य विचार बिस्तारै म भित्र आउदै गयो र जानी नजानी त्यो काम पनि गर्दैछु।

1/22/2013

बीपी कोइराला : आत्मवृत्तान्त (ऑडियो पुस्तक)

बीपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक र्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।

1/14/2013

कबिता: दोमन


दोमनको किनारमा
पोखरीझै जमेका हामी
शान्त तर भित्र आन्दोलित
अनगिन्ती रहरहरुलाई कोर्दै
खाली कन्भास रङगाउदै
रंगिन रहरहरुको शहबासमा

1/09/2013

कबिता: मन


मन ,
समन्धको उज्यालोमा
विश्वासका किरणहरुसंग 
हरदिन बाच्दै रहरहरु 
कोर्दछ  इछ्यका डोरीहरुमा
बादियर  सोप्निल  गगनबाट  
सोत्रन्त्र छलांग मार्दछ

12/10/2012

कबिता: यो संसारको अन्त्य

हारले  दियको पिडा
भित्र भित्रै भत:भतियको मन 
प्रश्नै प्रश्नमा जेलीयर
फितलो बन्दै गयको प्रहार