12/29/2023

आजको ताजा खबर- बालकुमारीमा...

मेरा दाजु-भाइहरुले जिन्दगी बुझाएँ
बा-आमाहरुले आशु सुकाएँ
भनेनन् भाउजुहरुले "जिन्दगिको भरोसा"
खोजेनन् सिउदोको मुल्य
तिमीनै त हौ माईति मेरो भविष्यको
सप्तरंगी टिका मेरो तिहारको
भनेनन् दिदिबहिनीहरुले !

8/21/2021

फ्याकिदियो ....

मायाले दिएको हो मन, सम्झियौ सामान फ्याँकिदियो
गलत थियौ दिएँ सुझाव, भैदियो अपमान फ्याँकिदियो ।

तिमीलाई बनाउन यहाँसम्म पुराउन मैले म बिर्सिएँ
तिमीले भन्यौ त रहेछस् बेइमान फ्याँकिदियो ।

एउटा सुन्दर सपना थियो, रहरहरुले भरिएको
कसको नजर लाग्यो भैदियो अफगानिस्थान फ्याँकिदियो ।

भाषणमा समाज जोड्छु भन्नुभो, मैले पहिला मन जोडौ भने
चुनावको रणनिति पो रहेछ, धत् बनायो हनुमान फ्याँकिदियो ।

जे जस्तो थियो देश थियो, आफ्नो भन्नु केही त थियो
आयो मनलाग्दी गर्यो च्यात्यो संविधान फ्याँकिदियो ।

मान्छे जस्तो बैगुनी, स्वार्थी अरु कोहि हुँदैन रहेछ
पाएपछि प्रियाको काख, भन्दो हो सिरान फ्याँकिदियो ।

 

०८/२१/२०२१ 
पार्कभिल, मेरिल्याण्ड


 

4/01/2020

मुटुमा बस्नेहरुलेनै हो

मुटुमा बस्नेहरुलेनै हो मेरो मुटु दुखाएको
आशु झारेर आँखाहरुले छन चित्त बुजाएको ।

अब आदतनै भैसकेछ यो जियानलाई पनि 
पानीले पेट भरेर मस्तसंग छ उ निदाएको । 

सधै हासीरहनु पनि एउटा कला हुदो रहेछ
छनत उसलाई पनि छ ज़िन्दगीले रुवाएको ।
 
आज गोजी भरी पैसा छ तर मन खुसी छैन
एउटा बचपन थियो गुच्चाले गोजी भरीदा रमाएको ।
 
दुई चार साथी-भाई , दुई हात नमस्कार र मिठो सम्झना 
केनै छ'र मरी  लियर जाने जिन्दगीमा कमाएको ?
 
मुटुमा बस्नेहरुलेनै हो मेरो मुटु दुखाएको
आशु झारेर आँखाहरुले छन चित्त बुजाएको ।

 

9/13/2017

मैले खेलेको आँगनमा


मैले खेलेको आँगनमा पानी पस्यो  भयानक  बनेर 
दुर दराजमा कसरी सक्छु म बस्न दर्शक  बनेर ?

निदायको छस् सरकार केहि देख्दैनस् मलाई थाहा छ 
र पनि झक झकाई रहन्छु तलाई  म लेखक  बनेर 


आओ दुरीले दुर भएका नेपाली मनहरु हो आओ  
म जोड़ी दिन्छु तिमीहरु सबैलाई सड़क  बनेर 

एस्तो एकनासे जिन्दगी हर कोहि बाचेर जानछन  
म मरे पछि पनि समझिन चाहान्छु पृथक  बनेर  

झुकेन झुक्दैन मेरो यो शिर कहिलै कसैको  सामु  
झुक्छ त केबल बा-आमा आगि नतमस्तक बनेर

मैले खेलेको आँगनमा पानी पस्यो  भयानक  बनेर 
दुर दराजमा कसरी सक्छु म बस्न दर्शक  बनेर ? 

                                 ****
..दुर यो देशमा बसेर आफ्नो देशमा गएको बॉडीको समझनामा
मिति : सेप्टेम्बर ३ २०१७
माउन्ट एभरेस्ट रेस्टुरेंटमा
कार्यक्रम: "बाड़ी पीड़ित सहयोग साँझ" 
















9/06/2017

KARAGAR (Nepali Novel) by Dr.Banira Giri


KARAGAR (Nepali Bovel) by  Dr.Banira Giri'
Program: radiobachan by Achyut Ghimera

Audio Source: aakarpost.com.np

9/04/2017

जिन्दगीनै जब ..

जिन्दगीनै जब दिग्दार लाग्छ
अनि सबै कुरा बेकार लाग्छ

भारीको बोझ कहिलै कम नहुने
भरियाझै मलाई मेरो निधार लाग्छ

8/28/2017

जिन्दगीले पनि किन

जिन्दगीले पनि किन येति सारो सताउछ    
भिजी रहे आँखाहरु, ओठ सधै मुस्कुराउँछ
 
जानि सक्यो यो  मनले तिमि मेरी हैनौ भन्ने    
तर पनि समझीदैमा किन होला रमाउछ    

6/06/2017

खाली छ पेट...

खाली छ पेट, भोक बोल्छ 
दिवाना मन, प्रेम रोग बोल्छ  

मौन छन ओठ प्रियाका सधै     
नजर त्यो, सबथोक बोल्छ        

1/11/2017

सुनिनु पर्छ...

सुनिनु पर्छ , हाम्रो आवाज सुनिनु पर्छ 
सुनाऊनलाई अलिक चर्को बोलिनु पर्छ  

यो संसार बदलछु भननेहरुले  बुझ 
पहिला तिमीहरुनै खुद फ़ेरिनु पर्छ

7/09/2016

यी आवाज जब

यी आवाज जब बिलाएर जान्छ अनि के हुन्छ
दोबाटो सम्बन्ध मिलाएर जान्छ अनि के हुन्छ

उधृ रयो एक कुनाबाट फाटि रयो झन झन 
सम्झनाहरु मन सिलाएर जान्छ अनि के हुन्छ

लिलामीमा छ देश..

लिलामीमा छ देश ,कर्णाली  बेचिदैछ
कीत्ता- कित्तामा घर, आँगन,आली  बेचिदैछ।

5/20/2016

आँखाबाट ...


आँखाबाट झरछन् आशु पानी  बनेर
यसरीनै सकिन्छ जिन्दगी,खरानी  बनेर

यो दिलबाट बर्षौ अगि हटि सक्यौ तिमी
तर यादहरु आउछन्  सधै हैरानी बनेर

5/04/2016

कहिले आँशु कहिले हाँसो बनेर

कहिले आँशु कहिले हाँसो बनेर
जिन्दगी बिती रहेछ गुनासो बनेर

बेमतलब हामी हाम्रै संसारमा रमाउदा
दुनियाँ किन खोजी रहन्छ  चासो बनेर ?

4/12/2016

नयाँ साल


बास्तबिक नयाँ  साल कहिले आउछ ?
आवाज लियर हाम्रो  मसाल कहिले आउछ ?

अनुतरित प्रश्नहरु धेरै छन यहाँ
उत्तर लियर सबाल कहिले आउछ ?

4/09/2016

मान्छेहरु मरेर....

मान्छेहरु  मरेर, कहाँ  जानछन होला ?
ताराहरु झरेर , कहाँ  जानछन होला ?

उ सोची रहेछ बसेर किनारामा
यात्री  नदी तरेर, कहाँ  जानछन होला ?

2/10/2016

बाबु, आमा र छोरा - बिश्वेश्वरप्रसाद कोइराला


बिपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र  जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि  राष्ट्रभक्त।  एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक अर्कोसंग भेट गरेनन् या भनौं  यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।

1/30/2016

आजकाल सुन्दर अनुहारहरु...

आजकाल  सुन्दर अनुहार देखि डर  लाग्छ
जसरी तिमीलाई मेरा कुरा जहर  लाग्छ

कस्तो मोडमा  लियर आउछ समन्धले,
सधै तिम्रै इच्छयाहरु  पुराउने  कर  लाग्छ

12/20/2015

मुक्तकहरु

मुक्तक : १ 
सक्छौ भने बिन्ती मेरो पत्रको जबाफ नपठाऊ ,

सुत्रहरु लगायर जिन्दगीको हिसाब नपठाऊ, 
को ठीक  को गलत समयले बताउला,

7/19/2015

जीवन

आयो, हास्यो अनि रोयो संगै पनि 
भन्यो बित्दै छु म त पल पल बनि
कहिँ लड्यो, उठ्यो अनि फेरी हिड्यो 
जे भयो अगि बडयो येही हो जीवन भनि

सूर्य

पोखिएको अन्धकार 
विशाल रातले निलेको सूर्य  
भुमन्डलको अर्को भागमा जल्दो हो 
हारले मुरमुरियर 
यथार्थ निल्नुको रापमा 
रापिदै पोल्दो हो अर्को धर्तीलाई !