भूमण्डको दुइ बेग्ला बेग्लै कुनामा बसेर
एउटै सपना देख्ने मान्छे हामी
एउटै रहरहरु बोक्ने मान्छे हामी
तिमीलाई बिहानीको सूर्यले उठाउदा
निस्पट अन्धकारको सुंन्य समयमा
मेरो धरती माथिको आकाश हेर्दै
टलपल गरि रहने तारालाई सोधछु
शान्त तलाउझैं म, सोचिरहँदा विस्मृति बिनाका तिम्रा स्मृतिहरू मेरा मानसपटलमा यसरी ठोकी दिन्छन् तरंगित हुन्छु म, अनि मेरो मन मेरो धड्कनलाई सोध्दछ आफु हार्दा जित्नुको अनुभव एकबाट दुइ हुनुको मज्जा !!