10/22/2014

म आज भोलि..

म आज भोलि,
आफैलाई आफैमा खोज्ने गर्छु,
मेरो आत्मा : मेरो मन
जहाँ म सपनाको संगालो बुन्छु
जहाँ म उदेश्यको सपना कोर्दैछु

हो तेही भित्र म
सायद मेरो आखाले मात्र मानेको
मेरो बिबेक भन्दा माथीको
र मेरो पागल पनमा सिगारीएको
पूर्णता भित्रको सम्पूर्णता
सुन्दरता भित्रको सरलता
र, नशा भित्रको एथार्थता
सधै मेरो आखाको पर्दामा
आउने गर्छ, बिलाउने गर्छ
मन भित्र प्रेम बोकेर
सायद, थाहै नपाई
मेरो आत्मा, मेरो मनसंग
समायोजीत भएको घोषणा गर्छ
तिमि: मेरी माया !

No comments:

Post a Comment