4/03/2010

कबिता: जीवन

पुरै कृतिम शक्तीको शरीर
आफै संगको यो युद्ध
संसारको आफ्नै रीतहरु छन
म आफ्नै हिसाबमा बेस्त

कती बिग्रियका कुराहरु छन
कती भत्कियका सपनाहरु
आफै आफैमा अल्जी रहेका
कती छन कसम र बाचाहरु

मैले टेक्ने यी बाटाहरुमा
गुलाफ़ले माया बाड़ी रहदा
मलाई छुने हावाहरुले
सम्झना बोकी जिस्काई  रहदा

लाखौ मान्छेको भीड़हरुमा
तिमीलाई खोज्ने यो मन छ
हरदिनको उज्यालोहरुमा 
तिम्रो मुस्कानको परखाई छ

अब छन त मेरा बोलिहरूमा
पल पल तिमीलाई खोज्नु  छ
मन भरीको माया बटुलियर
शब्दहरुमा तिमीलाई कोर्नु छ

No comments:

Post a Comment