यी कुराहरु लेखिरहदा एस्तो लग्यो, जीवनमा आउने र आफुले महसुस गर्ने बेभिन्न भावनाहरुलाई शब्दको मुकुट लगाएर चित्त बुजाऊदै आइरहेको पनि धेरै भैसकेछ। सानो छदा त स्कूलमा हुने भानु जयन्ति र लक्ष्मी जयन्तिमा पुरस्कार जित्नलाई भय पनि रातभरी कनी कुथी नेपाली किताबको पछाडी हुने शब्दकोषहरु प्रयोग गरि गरि फुचे कबि हुन्थे म। तेसरी सुरु भयको मेरो कविता लेखने यात्रा आज सम्म मसंगै अगी बडी रहेको छ। हेरौ अज कति अगी जाला!! जे होस् ,शब्दैबाट भय पनि धेरै पटक मैले मेरा मनको घाऊलाई मलम लगायको छु, अनि धेरै पटक पुलकित भयर होस् हराएको मनलाई लगाम पनि लगाएको छु। गडितका सुत्रहरु लगाएर हिसाब नै गर्दा पनि घाटा चाही किमार्थ भा'को छैन है। :)
तर आज भने म एउटा नया तरिकाबाट मेरो कविता प्रस्तुत गर्दै छु। केहि महिना अगाडी "फुरेको" थियो एउटा कविता "मन" भनने। फेसबूकमा पोस्ट गरेपछि मेरा दाई सुबाश बादुर बिस्टले कविता बाचन गरेर मलाई अडियो सेन्ड गर्नु भएको थियो। सुन्दा मज्जा लग्यो अनि राम्रो पनि। आज तेही कविता राख्दै छु है। सुन्नलाई तल क्लिक गरौ है त।
ल त,
सुनेलाई सुनको माला ........
पढनेलाई फूलको माला .............
यो कबिता बैकुन्ठ जाला ...........
भन्य बेलामा मुखैमा आईजाला .......... :)
मन ,
समन्धको उज्यालोमा
विश्वासका किरणहरुसंग
हरदिन बाच्दै रहरहरु
कोर्दछ इछ्यका डोरीहरुमा
बादियर सोप्निल गगनबाट
सोत्रन्त्र छलांग मार्दछ
मन,
कहिले आफ्नै धुनमा जुन्जिंछ
प्रेमका गीत बनेर
खुसिमा मुसुक मुस्कुरउछ
तिम्रो ओठको मुस्कान बनेर
अनि आफैसंग लजाउछ
सूर्यमुखी फूल भयर
मन,
यादहरुको सहारा टेकी
वियोगको चरम बिन्दुबाट पनि
समयोगको समथर तराई देख्दछ
मन ,
पर्खी बस्छ अन्तर आत्मादेखि
मिलनका दिनहरु गनेर
बगी रहन्छ यसरिनै
पानाहरुमा सम्झनाका खोला बनेर
गन्तब्य: उही हाम्रो मायाको समुन्द्र !
कबिता : मन (pdhoj)
Audio Voice : Subash Bahadur Bista
voice ramro cha n kabita pani ...
ReplyDeleteOne of the best poem of yours...nice metaphor used n powerful words..good job
ReplyDelete