बीपी कोइराला (बिश्वेश्वरप्रसाद कोइराला) , नेपाली साहित्य संसारका एक बिशेष नाम र व्यक्ति | नेपाली राजनीतिका प्रमुख पात्र जसको नेतृत्वमा नेपालले प्रजातान्त्रिक किरणको पहिलो अनुभव गर्यो। नेपालको राजनैतिक ईतिहासका महानायक, नेपाल राष्ट्रको प्रथम जननिर्वाचित प्रधानमन्त्री , एक दुरदर्शी बिचारक अनि राष्ट्रभक्त। एक राजनीतिज्ञ र नेपालको आधुनिक साहित्यका एक अग्रज साहित्यकार,एक मानब भित्रका दुई अलग अलग पात्रहरु (साहित्य र राजनीति) जसले जीवनभर कहिले एक र्कोसंग भेट गरेनन् या भनौं यी दुई व्यक्तित्व बी .पी.भित्र यसरी सम्हालिएर अघि बढीरहे कि नेपाली समाजले यी दुई अलग बीपीलाई सधैं सम्मान गरी रह्यो ।
कृपया सुनेपछि पुस्तकको बारेमा कमेन्ट गर्नुहोला है |
आत्मवृत्तान्त : भाग एक
आत्मवृत्तान्त : भाग दुई
नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर,क्रान्तिका महानायक, नेपाली साहित्यका एक अमर नाम बीपीले क्यान्सर पछिका आफ्ना अंतिम दिनहरुमा आफ्नो जीवनका उतार चढाव, राजनीतिका असली रूपहरु र आफ्नो जीवनकालमा आफुले गरेका सही र गलत निर्णयहरु जस्ता जीवनका भोगाइहरुलाई नेपाली समाजमा अगाडी सम्प्रेषण गर्दै आफ्नो राजनैतिक भूमिका, प्रयास र योगदानको विश्लेषण नेपाली जनता र पाठक बर्गलाई सुम्पिने उद्देश्यले जन्मिएको पुस्तक हो आत्मवृत्तान्त। आज म यसै पुस्तकको अडियो स्वरूपलाई यहाँ प्रस्तुत गर्दैछु।
नेपाल र नेपाली राजनीति,अझ भनौं बीपीलाई नजिकबाट बुझ्ने मौका अनि नेपाली राजनीतीमा भएका ती कायापलटहरुलाई आवाज र शब्दकै माधामबाट महसुस गर्ने अबसर यस अडियो पुस्तकबाट मिल्ने छ भन्ने विश्वास गरेको छु ।
कृपया सुनेपछि पुस्तकको बारेमा कमेन्ट गर्नुहोला है |
आत्मवृत्तान्त : भाग एक
आत्मवृत्तान्त : भाग दुई
I am looking forward for the next part of the book brother...keep up this great work...really appreciate. Thank u .
ReplyDelete