दोमनको किनारमा
पोखरीझै जमेका हामी
शान्त तर भित्र आन्दोलित
अनगिन्ती रहरहरुलाई कोर्दै
खाली कन्भास रङगाउदै
रंगिन रहरहरुको शहबासमा
तर
कति फिका छन्
कति संवेग सुन्य
ठीक यथार्थका किरणले
घाम बनेर पोलेझैँ मद्दय दिनमा
अनि रातको एकान्तले
अन्धकार बनेर बिथोलेझैँ मध्यरातमा
अधुरा सपनाहरु छन् :
रहर र इछ्यामा खुम्चिएका
छोडीएकॊ बगरको ढुंगाजस्तै म
हेर्दै बस्नुछ
निरन्तर बग्ने नदी -"तिमी"
या कुर्नु छ बसन्तको आगमन
जहाँ योवनको नशामा लट्टीएर
मग-मगीनुछ बगैचामा
तिम्रो प्रेमको सम्बाहक बनेर
सजिनालाई रहर गर्छ यो फूल
मेरा लामा केस शिखामा
अनि तिमिनै भगवान सम्झी
तिम्रा आस्थाका ति थालीमा
जे होस्,
जब बल्द छ दीप रापिएर
शान्त जतिनै, आफु भित्र जले पनि
अनि मुस्काउने मेरो ओठ
सफलतामा तिम्रा निम्ति
फगत बोग्दछन् त मनले
तिमी मेरो नहुनुको पिडा
अनि बहकिन्छन् आकाशमा, बादल भयर
र झरछन् पानिझैँ आशु बनेर
थाहा छ ?
मैले कुनै बेला लेखेको थिए
कविताका हरफहरुमा
गाएको थिए
गीतका लयहरुमा
तिम्रो नाम ....
मात्र तिम्रो नाम ....
No comments:
Post a Comment