1/30/2016

आजकाल सुन्दर अनुहारहरु...

आजकाल  सुन्दर अनुहार देखि डर  लाग्छ
जसरी तिमीलाई मेरा कुरा जहर  लाग्छ

कस्तो मोडमा  लियर आउछ समन्धले,
सधै तिम्रै इच्छयाहरु  पुराउने  कर  लाग्छ

तिमी निमेष भरमा परिबर्तनको कुरा गर्दछौ
यहाँ सूर्य उदाउन पनि चार प्रहर  लाग्छ

बारम्बार आफ्नैबाट मन तोड़िए पछि
हिजोआज उसलाई परायाको बडी भर  लाग्छ

कुनै हतारोमा दौड़ी रहेकी हुन्छौ सधै
तेसैले त तिमी नदि अनि म बगर  लग्छ

आजकाल  सुन्दर अनुहार देखि डर  लाग्छ
जसरी तिमीलाई मेरा कुरा जहर  लाग्छ।
       
                           ***



No comments:

Post a Comment