12/20/2015

मुक्तकहरु

मुक्तक : १ 
सक्छौ भने बिन्ती मेरो पत्रको जबाफ नपठाऊ ,

सुत्रहरु लगायर जिन्दगीको हिसाब नपठाऊ, 
को ठीक  को गलत समयले बताउला,

दोशी मलाई ठहराइ तिमी इन्साफ नपठाऊ।
मुक्तक : २
अलि कति पिए अनि मातिए त के भयो?
थोरै आफ्नै लागि भनेर जिए त के भयो ?
भननेहरु त भन्लान पागल मलाई
म त तिम्रै प्यारमा  
रितिय त के भयो ?

मुक्तक : ३ 

अनि निदरीमा रातहरु सपना बेचीरहन्छ,
प्रियाका ति मीठा बातहरु सपना बेचीरहन्छ,
जान्दैन ऊ जान्दैन आफ्नै भविस्य पनि जान्दैन,
तर हेरेर मेरा हातहरु सपना बेचीरहन्छ। 




No comments:

Post a Comment