7/19/2015

जीवन

आयो, हास्यो अनि रोयो संगै पनि 
भन्यो बित्दै छु म त पल पल बनि
कहिँ लड्यो, उठ्यो अनि फेरी हिड्यो 
जे भयो अगि बडयो येही हो जीवन भनि
बिती गयो जे भयो हीजोका कुरा
आज छ आगाडी जो भोग्नु  छ
भोलीको आशमा अड्किएर सधै
यो जगत किन रनभुल्लमा छ ?

दुइ मुठी गासाको संगर्ष हो भनु
खाली पेट बोल्दछन भोकका कथा
सोप्निल भविस्यको रहर हो  भनु
अनिदा रात पोक्खछन मनका बेथा

संघर्ष  हो त यो के को निम्ति ?
भविस्य हो त यो कस्तो हो ?
जब खाली आएका हामी
जानु  छ  खाली खालीनै

किन हुन  सक्दैन एस्तो  जीवन
जो नदौडियोस सुख खोजने दौडमा
सुख बाटै टाडा
बाच्ने रहरमा जीवन बाट टाडा
मृगतृष्णा जस्तै !!




No comments:

Post a Comment