5/02/2012

कबिता: मेरो देशको सम्झनामा

यो देश थियो,
अब अदेश भयको छ,
अर्काको जस्तो यो त
अब परदेश भयको छ।

यहाँ हुलका हुल आए
काटे, मारे अनि रेटे
लासै लाश थुपारी
विजय उत्शव भनि टेके !!

यहाँका मान्छे
अनि अमान्छे भय,
खोलाले रगात बगायो
हावाले भय उडायो
अनि,
समयले घुम्यो फगत मृतु !
र पनि बुद्ध जन्मने आशमा
हर रात गर्बबती भईरहे आईमाईहरु
आफ्नै भाइ मार्न उकसाउने
कृष्ण भगवान भय
र त म भन्छु;
यो देश अदेश भयो
हरदिन बल्दो छ
रमिते आगो ताप्दै छन्
डुब्दो छ पल पल

तर केनै फरक पर्छ र ?
"हामी सब गोहीका सन्ततिहरु " !!


~ मेरो देशको सम्झनामा ...

2 comments:

  1. nice poem..i also feel the same..desh ko maya lagcha ne jati tada bhaya pani

    ReplyDelete