5/08/2011

कबिता: अनियमितता

अलि पर मान्छेको समाज भन्दा
अलि वोर जनवारको बस्तीबाट

सरापमा परेको बिरानो मंन्चमा
कुरूप तरिकाले मन्चित नाटक

अन्त्यहीन, वियोगान्त र परिबर्तन्शील

पर्दा बन्द र खुलाई संगै

अर्को नया मंन्च पुरानो मुखाकृतिका साथ
अधेरो छेड्न बलेका कमजोर बत्तिहरु
दिनरात बफादार कार्यशील
शरीरका अङ्ग- प्रतेंअङ्गहरु
बिस्तारै फुस्किदै रहेको समय
छीपीदै गयको जवानी
मृग तृष्णा मनमा कतै अल्झीयर
हराई रहेको - होस्, जोश र विचारहरु

मान्छेको समाज भन्दा अलि पर
जनवारको बस्तीबाट अलि वोर

करणि भइ रहेको नीबस्त्र शरीर
रगतामै घायल आत्मा र मन
बिरूप तरिकाले बिरानो मंन्चमा
अन्त्यहीन मनचित् भइ रंनछन्

पर्दा बन्द र खुलाई संगै !!!







No comments:

Post a Comment