7/09/2016

लिलामीमा छ देश..

लिलामीमा छ देश ,कर्णाली  बेचिदैछ
कीत्ता- कित्तामा घर, आँगन,आली  बेचिदैछ।

पुरै जिन्दगी माटोसँग साटेरै  बितायो
आज कौड़ीमा उस्कै कोदाली   बेचिदैछ ?

खुसी किन्न  मुग्लान गएकाहरु बाक्समा फर्किए
यसरी कैले सम्म हाम्रा चेलीका लाली  बेचिदैछ ?

ज़िन्दगी बाँच्ने रहरमा ज़िन्दगी यसरी सकिदैछ
एक मुठी स्वासको निम्ति जिन्दगी खाली बेचिदैछ।

मुटुको टुक्राझै उसले समालेर फूल बनायो
हैरान छु फूल बेचिदैछ या माली  बेचिदैछ ?

लिलामीमा छ देश ,कर्णाली  बेचिदैछ
कीत्ता- कित्तामा घर, आँगन,आली  बेचिदैछ।

                  *****



No comments:

Post a Comment