आँखाबाट झरछन् आशु पानी बनेर
यसरीनै सकिन्छ जिन्दगी,खरानी बनेर
यो दिलबाट बर्षौ अगि हटि सक्यौ तिमी
तर यादहरु आउछन् सधै हैरानी बनेर
म जब हेर्दछु ति पुराना तस्बिरहरु
फर्किएर आउछन् समय पनि जवानी बनेर
मैले तिम्रो प्रेममा ताजमहल बनाएको छु
अब रहनछ हाम्रो प्रेम अमर कहानी बनेर
खुट्टाले कहिलै सोजो बाटो हिड्न पाएन
बाटो नचाई रहन्छ खुट्टालाई मदानी बनेर
आँखाबाट झरछन् आशु पानी बनेर
यसरीनै सकिन्छ जिन्दगी,खरानी बनेर
***
No comments:
Post a Comment