12/15/2014

कबिता : निशब्द

कुनै शब्द छैनन
रितियर खाली भयको छ
निरस, निशब्द छ
यो आफ्नो हुन नसक्नने माटोमा
खोजी रहन्छु म आफ्नो जस्तै अनुहार
आफ्नो जस्तै भोगाइमा भोगीयर
टुक्रा टुक्रा भयको मन
निअर्थ धड़कन भित्र

खिया लागि सकेको माया
मात्र सक्छन त अब
छताछुल्ल गर्न मलाई
अनी रेटी रहन
सम्झनाका धारीला छुराहरुले
र पनि आशाका तेन्द्रोमा
माकुराले झुन्डीयर जीवन धानेझै
धाननु भन्दा बढीको बिकल्प छैन
बेतुक लाग्दा लाग्दै पनि
चय्यापी रहेकोछु अनगिन्ती अनुहारहरु
र ति सँग बितायका २७ यामहरु
जसरी काखिमा किताब चय्यापेर हिडछ मेरो छोरो स्कुल जानलाई
सफा निलो कमिज भित्र सुनौलो भविश्य कल्पेर
तर उसलाई थाहा छैन भोलिका दिनहरु
सफा निला कमिज्झै नहुन पनि सक्छन
तर उ दौडनछ कुनै रेस ट्र्याकमा दौडी रहेको घोडाझै
जस्ले गर्नेछ मान्छेको भाग्यको निर्णय
यहाँ त राज्मार्गमा भन्दा बडी दुरघटना
मेरो जीवन्मा भएको छ
पटक पटक जीवन फिर्ता लिएर
फर्की आएको छु
गल्तिबोध गरेर
सचाएर बाच्ना खोज्दैछु भोलीहरु
किन भने मैले सिकीआएको छु
ताति गर्दै खेरी बच्चामा
लड़े पछि फेरी उठेर हिडनलाई। ।

No comments:

Post a Comment