बिशेष धन्यवादका शब्दहरुसंगै कबिता बाचक दिपक दाईको आवाजमा मेरो अर्को कबिता "दोमन" प्रस्तुत गर्दै छु। अडियोमा सुन्नलाई तलको अडियो लिंकमा क्लिक गर्नु होल।
एउटा अधुरो र अपुरो समन्ध, जसको समझानाले मन बिथोलिन्छ अनि तेस पछि पोखीनछ आफ्नो मानछे आफ्नो हुन नसकेका दु:खहरु र भित्र भित्रै गुम्सियर रहेका इछ्या र चाहानाहरु कबिता बनेर। जब सपनाहरु सपनामै सिमित हुन्छन तब हर रातहरु पनी कति बैराग्य बोकेर घोपटिन छन् आशुले भीझेका तकियामा अनी बहकिनछ मन आफू भन्दा हजारौ हजार दुरिमा धपक बलिरहेको जून हेर्दै। लाग्छ कति संगै भयर पनी कति टाडा छौ तिमि, ठीक आकाशको जूनझै। कति मेरै भएर पनी पराया भयकी छौ तिमि। के गर्नु खै? समालिन खोज्दा खोज्दै पनी छताछुल हुन्छु म ... दिमागले त भन्छ नी! तर, म भित्रको तिम्रो प्रेम पुजारी तिम्रो मायामा यती धेरै आसक्त छ की ऊ मुस्काउछ तिम्रो समझनामा, पिल-पिलाउछ तिम्रो समझनामा। मैले नबुझेको काहां हो'र। मेरो "म" तिम्रो प्रेम पुजारी "म" लाई भनी रहन्छ
" ...येसरी तिमि छनौ भनी रुनु हुदैन
समझानाहरु सब आशुले कहीलै धुनु हुदैन
म बेकार भय ऊनी मेरी नहुदा
म बेकार भय ऊनी मेरी नहुदा
एस्तो रोमियो तिमि कदापी हुनु हुदैन ......"
कबिता: दोमन
बाचक: दीपक कछपति
दोमन
दोमनको किनारमा
पोखरीझै जमेका हामी
शान्त तर भित्र आन्दोलित
शान्त तर भित्र आन्दोलित
अनगिन्ती रहरहरुलाई कोर्दै
खाली कन्भास रङगाउदै
रंगिन रहरहरुको शहबासमा
तर
कति फिका छन्
कति संवेग सुन्य
ठीक यथार्थका किरणले
घाम बनेर पोलेझैँ मद्दय दिनमा
अनि रातको एकान्तले
अन्धकार बनेर बिथोलेझैँ
अधुरा सपनाहरु:
रहर र इछ्यामा खुम्चिएका
छोडीएका बगरका ढुंगाजस्तै
हेर्दै बस्नुछ
निरन्तर बग्ने नदि -" तिमि"
या कुर्नु छ बसन्तको आगमन
या कुर्नु छ बसन्तको आगमन
जहाँ योवनको नशामा लट्टीएर
मग-मगीनुछ बगैचामा
तिम्रो प्रेमको सम्बाहक बनेर
सजिनालाई रहर गर्छ यो फूल
मेरा लामा केस शिखामा
अनि तिमिनै भगवान सम्झी
तिम्रा आस्थाका ति थालीमा
जे होस्,
जब बल्द छ दीप रापिएर
शान्त जतिनै, आफु भित्र जले पनि
अनि मुस्काउने मेरा ओठ
सफलतामा तिम्रा निम्ति
फगत बोग्दछन् त मनले
तिमि मेरो नहुनुको पिडा
अनि बहकिन्छन् आकाशमा
बादल भयर
र झरछन् पानिझैँ आशु बनेर
थाहा छ ?
मैले कुनै बेला लेखेको थिए
कविताका हरफहरुमा
गाएको थिए
गीतहरुको लयमा
तिम्रो नाम ....
मात्र तिम्रो नाम ....
No comments:
Post a Comment