4/03/2010

कबिता: प्रश्न

खै कस्तो एक्लोझै
खाली खाली पुरै रितीयझै
सारा संसार खुसीमा बली रहदा
किन म कुनै पिडामा पग्लिएझै ?


एकोहोरो केही खोजी रहेझै
सबै चीज एक्कासी हराएझै
किन यो समय रोकिदा पनि
म एक्लै पागल दौड़ी रहेझै ?

बेहिसाबका यी सम्बन्धमा
सधै किन फाइदा खोजेझै
बन्द कोठा भित्रको संसार
अनि मुक्तिको परखाइमा निसासिएझै

लाग्छ अब अन्त्य नै प्राप्ति हो
ओइलाए भावना, बने जीवन मर्भूमिझै
किन रति भर पीड़ा छैन मुटुमा
मानौ मुटुनै आफै मरी सकेझै !

No comments:

Post a Comment