4/03/2010

कबिता: म

म,
निभेयको छु , यो उज्यालोमा
निदायको छु , यो बिहानिमा
शिशिर झै रितो
म भासियको छु

बिचार छन दिमाग भरी
आकर बीहिन् छरीरहेका
संसार कती रंगीन छ
फगत कालो- सेतो मेरो निम्ती

यो दिमाग, खोक्रियको छ
बिभेक सुनन्य, खिंइंसकेको
हिऊनै हिऊ फूल्ने यो देशमा
म पूर्ण जमीसक्यको छु
रगतमै छ मेरो शरिर
निसासिदै हीडछ बाटोहरुमा

अस्तितो रक्ष्याको होड़बाजीमा
हरदिन हांर्दापनी
महातोकंन्क्षी म
भोलीको निम्ति
निदाउछ, आशै आशमा आज
सपना साचेर आखाँ भरी!

No comments:

Post a Comment