6/22/2015

मेरा बा

बिहान संहारै
सूर्य उट्नू भन्दा पहिले
मिरमिरे बिहानीमा
मेरा बा
एक फनको मारेर

आस्थाका ति  ढुङ्गय भगवनहरुलाई
चढाई श्राद्धका पुष्पकमलहरु
भाक्छन मेरा निम्ति सुखद भविस्य !

अल्छी लागेर हो
या, नचलेर जागर
काला रंग नलगाइयका
मेरा बा'का  सेता हिउजै फुलेका  कपालहरु
र कहिलै नछुटेका हिमचुचुराझै टोपी सँगै
मेरा बा'ले
भनेन गर्मीको  कपाल दुखाउने घाम
न भने जाडोको मुटु कमाउने चिसो
भर्नलाई  सूर्यमुखी मुस्कान मेरा ओठहरुमा
गोडिरहे मेरा रहर र इछ्याका बोटहरु
बगाएर पसीनाका झरनाहरु निरन्तर
मेटिदिए मेरा जीवनका प्यासहरु
भुलेर आफ्नो संसार
सम्जिए केबल मेरो दुनिया
मेटेर आफ्नो  भविस्य
कोरे मेरो निम्ति सुनौला भोलीहरु
रिताएर आफूलाई
भरिरहे मेरा पोलटाहरु 

घुमेर समयसँगै मेरा बा 
कहिले थाकेनन मेरा  निम्ति 
आज तिनकै लगनले 
मान्छे बनन सकेको म
हेर्छु मेरो सन्तानलाई 

धत, बल्ल बुज्दैछु 
बा'ले यी सब किन गरे!!





















No comments:

Post a Comment