5/05/2013

बा भन्नु हुन्थ्यो ..


एस्तो एउटा पल आउने छ
हाम्रो जीवनमा हलचल आउनेछ

बा भन्नु हुन्थ्यो धेरै पहिले
देश बदलन बहुदल आउने छ

दन दनी  बलेको छ यो देश
निभाउनलाई दमकल आउनेछ

हाम्रो भाग्य यसरी बदलिनछ अ'रे
बाझो  खेतमा नल आउनेछ

बा भन्नु हुन्थ्यो धेरै पहिले
देश बदलन बहुदल आउनेछ।

आफ्नै हुने छन चन्द्र र सूर्य
तेस्तो एउटा लहर आउने छ

बा भन्नु हुन्थ्यो धेरै पहिले
देश बदलन बहुदल आउनेछ।












No comments:

Post a Comment