अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका मेरिल्याण्ड च्याप्टको निम्तोमा लगभग ६ बर्स्ष पछि एउटा प्लेटफार्म मिल्यो आफ्नो कबिता प्रस्तुत गर्ने। भानु बर्ष २०१३ (भानु भक्त को १९९ बर्ष) को रुपमा तथा डायस्पोरामा रहेका हामी नेपालीहरुले आफ्नो नेपाली भाषालाई यो बिदेशी भूमिमा कसरी आफ्ना बाबु नानीहरु लाई सिकाउन सक्छौ, किन हाम्रो भाषा प्रति हाम्रो माया हुनु पर्छ र यसको निम्ति हामीहरु बाटनै पहल हुनु पर्ने बिचार कार्यक्रमका आयोजक सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका- मेरिल्याण्ड च्याप्टरका सभापति तीर्थराज पाण्डेयले अघि सारनु भयको थियो।
एस कार्यक्रममा डिसी क्षेत्रमा रहनु भएका सबै नेपाली भाषा र साहित्यप्रेमी महानुभावहरुको प्रसंसायोग्य उपस्थिति रह्यो। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको अवसर पारेर आयोजना भयको एक विशेष साहित्यिक कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशन गरेको अनेक डायस्पोरामा देवकोटा र कवि होमनाथ सुवेदीको नयाँ कविता संग्रह "स्मृति" को पनि विमोचन गरिएको थियो।
आज म, यस कार्यक्रममा आदिकबि भानुको समझानामा मैले बाचन गरेको कबिता "कबि र बिध्रोह" यहाँ राखदै छु। एस video उपलब्ध गराइ दिनु हुने सुरेश दाईलाई धेरै धेरै धन्यबाद। मेरो कबिताको प्रसंसक तथा मलाई सधै लेखन हौसला दिनु भयकोमा र एउटा दाजूझै माया गर्नु भयकोमा पनि ।
मेरो कबिता संगै रतन सुबेदी दाइ की ?अंकल, के भनु खै ? (साथीको बुबाको नाताले भनु की आफुले सुरुमा भेटदा देखिको नाताले :) ... को कबिता पनि राख्दै छु। यस video को लगी पनि सुरेश दाइलाई धन्यबाद छ है! रतन दाईको रमाईलो कुरा र मिठो कबितासंगै निम्तोको निम्ति आयोजकहरुमा हार्दिक धन्यबाद बेक्त गर्दछु।
कार्यक्रमको बारेमा
मिति: अप्रिल २८,२०१३ आइतवार
समयः दिनको ठीक १:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म
स्थान: रोजडेल पब्लिक लाईव्रेरी
6105 Kenwood Avenue
Rosedale, Maryland 21237-2097
आयोजक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिका
मेरिल्याण्ड च्याप्टर
कबिता - कबि र बिध्रोह
कबिता : "भानु भक्त तिमीले जन्म लिनै पर्छ "
No comments:
Post a Comment