4/09/2016

मान्छेहरु मरेर....

मान्छेहरु  मरेर, कहाँ  जानछन होला ?
ताराहरु झरेर , कहाँ  जानछन होला ?

उ सोची रहेछ बसेर किनारामा
यात्री  नदी तरेर, कहाँ  जानछन होला ?
आफ्नै बाबु आमासँग  मिल्न नसक्ने दाजु
बसाई उनी सरेर , कहाँ  जानछन होला ?

परिबर्तनको नाममा रगतको खोला  बगाई
मनमा  घृणा  भरेर , कहाँ  जान्छन होल?

मान्छेहरु  मरेर, कहाँ  जानछन होला ?
ताराहरु झरेर , कहाँ  जानछन होला ?














No comments:

Post a Comment