7/21/2014

ग़ज़ल : मायाको मुहान ..

मायाको त्यो मुहान सुकेपछि बुझनेछौ
मेरो जस्तै तिम्रो मन दुखेपछि बुझनेछौ

मरेर रित्तै  हात फर्किन्छन्  सबै यहाँ
जिन्दगीको हिसाबमा चुकेपछि बुझनेछौ

तिमी अरुको स्वविमानको धज्जी उडाउछौ
बेइजतिले आफ्नै  शिर झुकेपछि  बुज्नेछौ

लुट  कति लुट्नुछ यो देशलाई लुट 
कुपुत्र भनेर साराले थूकेपछि बुझनेछौ

मायाको त्यो मुहान सुकेपछि बुझनेछौ
मेरो जस्तै तिम्रो मन दुखेपछि बुझनेछौ







No comments:

Post a Comment