2/13/2014

कबिता: गुलाफ़

तिमी गुलाफ़ हौ
मेरो मनमा फूली दिने
मसंग मेरो साथ
मुस्कुराही रहने।

निश्चल तिम्रो आखा
आखा भित्रको सपना म
हरछेंन आउछु , बिलाउछु
ठिक बादलसंग लुकमारी खेल्ने
चन्द्रमाझै: तिमी
म संग हिड़ी रहन्छौ
मेरो प्रतिबिम्ब भयर
मानौ ममा समयोजीत छौ।

लाग्छ हरपल
तिमी मेरो अंगालोमा छौ
मसंगै मेरो वोरिपरी
मेरो आख बन्दहरुमा
अन्धकार एक्लो पनमा
मलाई समझीयर
मेरो कल्पनामा
मेरो प्राप्तिमा
मग-मागिएकी छौ
सुबास छरदै पवनहरुमा
जो बगदछन
 हाम्रो मायाका  बागमा
बनेर प्रतिनिधि
हाम्रो प्रेम कथाको!

-प्रसंग: Valentine Day 2014 को





No comments:

Post a Comment