12/22/2013

मेरा लागि दशैं

निधार भरि टिका नलाएको  कति साल भयो
मेरा लागि दशैं नआएको कति साल भयो

रहर भन्दा बढी बादय्ताले डोरायो परदेशमा
साईत हेर्दै सगुन नखाएको कति साल भयो

रातै हुनथ्य निदार सबका हरियो जमरा तेस्तै
दशैं भन्दै मुस्कान नछाएको कति साल भयो

खै कस्तो सुख खोज्न भौतारी रहेछ मन यहाँ  ?
बा-आमाको आशिष नपाएको कति साल भयो

(यो वर्षाको दशैंको सम्झनामा...)

No comments:

Post a Comment