6/18/2012

कबिता: म केही अर्थ खोजी रहेछु

केही शब्दहरुको खोजीमा छु 
केही  भावनाहरुको
रितो-रितो हुँदैछु  म
 मात्र हावा भरियको शरीर भो ।


यो जीवन,बाँच्नको सङघर्श
मायाका जालका यी बुनाइहरु
यी खुशीमा मुस्कुराउने अोठ
अनी यी दु:खमा आँशुका बगाइहरु ।

म केबल नीयम बाचीरहेछु
अनिस्चित मेरा सपनाहरु
पानी भित्रको घुटन 
अनी धर्ती माथिको यो जीवन ।

म खोजी रहेछु यो दौडमा
कही केही बिएर सुस्ताउनलाई 
रोकिनलाई केही क्षण
अनी तिमी सम्झी हराउनलाई ।

हरदिन उदाउनु, अनी अस्ताउनु
कति लड्नु, कति उठनु खै ?
म कुनै शक्ति खोजी रहेछु
म केही अर्थ खोजी रहेछु । 
 


1 comment: